पुल्चोक वितरण केन्द्रले छ लाख बक्यौता उठायो

Posted on: 27 Nov, 2018

मङ्सिर ११, काठमाडौँ | नेपाल विद्युत् प्राधिकरण पुल्चोक वितरण केन्द्रले पछिल्लो दुई दिनमा रु तीन लाख ४२ हजार १९६ बराबरको बक्यौता असुल गरेको छ । प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार प्राधिकरणले यही मङ्सिर ८ गतेदेखि १० गतेसम्म सो वितरण केन्द्रअन्तर्गत रहेका बक्यौता नतिर्ने १० ग्राहकको लाइन काटी उक्त परिमाणको रकम असुली गरेको हो । 

विशेष गरी शहरी तथा सुगम क्षेत्रमा नै विद्युत् महसुल बक्यौता राख्ने र भुक्तानी गर्न अटेर गर्ने प्रवृत्ति बढेपछि प्राधिकरणले लाइन काटन थालेको जनाएको छ । यस्तै सोही वितरण केन्द्रले यही मङ्सिर ४ गतेदेखि ७ गतेसम्म २० ग्राहकको लाइन काटी रु दुई लाख ६० हजार ८१६ बराबरको बक्यौता असुल गरेको छ । 

नियमितरूपमा महसुल नतिर्ने ग्राहकलाई पहिलो चरणमा जानकारी दिने र सचेत गराउने गरिएको जानकारी दिँदै प्राधिकरणले अटेर गर्ने ग्राहकको भने लाइन काट्न थालेको हो । यस्तै विद्युत् चोरी तथा चुहावट नियन्त्रणमा समेत प्राधिकरणले अभियानात्मक रूपमा नै प्रक्रिया अगाडि बढाएको जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!