माथिल्लो तामाकोशीको शेयर बाँडबाँड

Posted on: 27 Nov, 2018

मङ्सिर ११, काठमाडौं | नागरिक लगानी कोषको निष्काशन तथा विक्री प्रवन्धक रहेको माथिल्लो तामाकोसी हाइड्रोपावरको शेयर बाँडफाँड गरिएको छ । 

सामुहिक लगानी कोषका लागि छुट्याइएको  ७ लाख ९४ हजार २५० कित्तासहित कूल १ करोड ५८ लाख ८५ हजार कित्ता साधारण शेयर गत कात्तिक १५ देखि १९ सम्म सर्वसाधारणका लागि खुल्ला गरिएको थियो । 

नतिजाअनुसार ५० कित्तादेखि १००० कित्तासम्म आवेदन दिने  आवेदनहरुको ६ करोड ४६ लाख १८ हजार ८४३ कित्ता शेयरको लागि न्यूनतम ४० कित्ताका दरले  १ करोड ३३ लाख ६३ हजार शेयर मंगलबार बाँडफाँड गरिएको छ । 

यस्तै बाँडफाँडबाट बाँकी रहेका १७ लाख २७ हजार ७५० कित्ता शेयरका लागि पुन ३ लाख ३४ हजार ७५ जना आवेदक मध्येबाट गोलाप्रथाद्वारा १० कित्ताका दरले  कूल १ लाख ७२ हजार ७७५ जना आवेदक छनोट गरी थप गरिएको जनाइएको छ । 

शेयरका लागि ३ लाख ३९ हजार ७७५ जनाले आवेदन दिएका थिए । जसमध्ये १२ लाख ९८ हजार ९८० कित्ता शेयरका लागि परेको ५७०० जनाको आवेदन भने रितपूर्वक नभएको पाइएपछि रद्द गरिएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!