आज युएई, कतार, साउदी, मलेसिया लगाएत अन्य देशहरुको पैसाको मुल्य कति छ ? थाहा पाउनुहोस्

Posted on: 06 Dec, 2018

मंसिर २०, काठमाडौं । आज रियाल, रिंगिट, दिर्हाम, दिनार, कोरियन वन लगायतका विदेशी मुद्राको भाउ अघिल्ला दिनको तुलनामा स्थिर अवस्थामा छन्  । 

आज अमेरिकी डलरको मूल्य खरिददर ११२ रुपयाँ ४४ पैसा छ भने बिक्रीदर मूल्य ११३ रुपयाँ ४ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले बिहिबार लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ९७ पैसा र बिक्रिदर ३० रुपैयाँ १३ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०५ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ६१ पैसा र बिक्रिदर ३० रुपैयाँ ७८ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७ पैसा र बिक्रिदर २७ रुपैयाँ २१ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रिदर १० रुपैयाँ १६ पैसा रहेको छ ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६९ रुपैयाँ ७६ पैसा छ भने बिक्रिदर ३ सय ७१ रुपैयाँ ७३ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ९८ रुपैयाँ ३० पैसा र बिक्रिदर २ सय ९९ रुपैयाँ ८९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!