साउदी, कतार, युएई, मलेसिया लगाएत अन्य देशहरुको पैसाको मुल्य बढ्यो (हेर्नुहोस् सुचिसहित)

Posted on: 07 Dec, 2018

मंसिर २१, काठमाडौं । आज रियाल, रिंगिट, दिर्हाम, दिनार, लगायतका विदेशी मुद्राको भाउ अघिल्ला दिनको तुलनामा उकालो लागेका  छन्  ।  नेपाल राष्ट्र बैंकले शुक्रबार लागि तोकेको विनिमयदर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ १६  पैसा र बिक्रिदर ३० रुपैयाँ ३२ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रिदर ३१ रुपैयाँ २४ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ८० पैसा र बिक्रिदर ३० रुपैयाँ ९७ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १७ पैसा र बिक्रिदर २७ रुपैयाँ ३१ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रिदर १० रुपैयाँ १३ पैसा रहेको छ ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ७२ रुपैयाँ ०१ पैसा छ भने बिक्रिदर ३ सय ७३ रुपैयाँ ९९  पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय रुपैयाँ र बिक्रिदर ३ सय १ रुपैयाँ ७६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!