नेपालमा यी भारतीय नोट नचल्ने

Posted on: 13 Dec, 2018

मङ्सिर २७, काठमाडौँ | नेपालमा तीनवटा दरका भारतीय नोट नचल्ने भएका छन् । नेपालमा दुई सय, पाँच सय र दुई हजार दरका भारतीय नोट नचल्ने भएका हुन् । यही सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई सय, पाँच सय र दुई हजार दर भारतीय नोट प्रयोगमा रोक लगाउने निर्णय गरेको हो । 

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बासकोटाले यी तीन दरका भारतीय नोट प्रयोग नगर्न सर्वसाधरणलाई आग्रह गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!