आजको लागि विदेशी मुद्राको विनिमयदर यसप्रकार छ (हेनुहोस् सुचिसहित)

Posted on: 14 Dec, 2018

मंसिर २८, काठमाडौं । आज रियाल, रिंगिट, दिर्हाम, वन, दिनार लगायतका विदेशी मुद्राको भाउ  केही पैसाले बढेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रिदर ३० रुपैयाँ ६६ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रिदर ३१ रुपैयाँ३१ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३७ पैसा र बिक्रिदर २७ रुपैयाँ ५१  पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ १७ पैसा र बिक्रिदर १० रुपैयाँ २७  पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ७६ रुपैयाँ ०६ पैसा छ भने बिक्रिदर ३ सय ७८ रुपैयाँ ०३ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ०३ रुपैयाँ ४४ पैसा र बिक्रिदर ३ सय ५ रुपैयाँ ०३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!