चौतारी लघुवित्तको साधारण शेयर बाँडफाँट

Posted on: 14 Dec, 2018

मङ्सिर २८, काठमाडौँ | चौतारी लघुवित्तको साधारण शेयरमा आवेदन गर्ने मध्ये ५६ हजार ७० जनाले न्यूनतम दश कित्ता शेयर पाएका छन् । 

सो कम्पनीको साधारण शेयरको आज बाँडफाँट गरिएको हो । आवेदकमध्ये दुई लाख १७ हजार १२२ जनाले शेयर पाएनन् । सो संस्थाले धितोपत्र निर्देशिकाअनुसार न्यूनतम दश कित्ताको शेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जानकारी दिएको छ । 

सो संस्थाको शेयरमा दुई लाख ७३ हजार १९२ जनाले आवेदन गरेका थिए । त्यसमध्ये हितग्राही खाता नम्बर नमिलेका र व्यक्तिगत विवरण पूर्ण नभएका ४७५ जनाको आवेदन रद्द गरिएको छ । उक्त लघुवित्तको चुक्ता पूँजी रु १२ करोड ६० लाख छ । साधारण शेयर बिक्रीपछि चुक्ता पूँजी रु १८ करोड ६० लाख पुग्नेछ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!