वारीबेनी तटबन्धका लागि डेढ करोड बिनीयोजन

Posted on: 16 Dec, 2018

पुष १, पर्वत । पर्वतको जलजला गाउँपालिका अन्तर्गत कालिगण्डकी नदीको वारी बेनी खण्डमा तटबन्ध निर्माण गरिने भएको छ । यसका लागि उर्जा जलस्रोत तथा सिचाईँ मन्तालयबाट १ करोड ५० लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गाणेशप्रसाद तिमिल्सिनाको पहलमा विनियोजित उक्त रकमबाट तटबन्ध निर्माणको काम समेत शुरु हुने तयारी भैरहेको स्थानीयले बताएका छन् । यसलाई थप व्यवस्थित बनाउँदै दिर्घकालिन रुपमा नदी नियन्त्रण गर्न बृहत गुरुयोजना तथा डिपिआर तयार पारी योजना अगाडि बढाउन पहल भइरहेको छ ।

तटबन्ध निर्माणले पर्वतका जनता, जमिन र अन्य भौतिक संरचना सुरक्षित हुनेछन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!