हिमालयन बैंकका कार्डबाहकलाई चिरायू अस्पतालमा विशेष छुट

Posted on: 16 Dec, 2018

पुष १, काठमाडौं । हिमालयन बैंकका सेवाग्राहीले चिरायू अस्पतालमा विशेष छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा छुट दिने सम्बन्धी सम्झौता भएको हो ।


सम्झौताअनुसार चिरायू अस्पतालले हिमालयन बैंकद्धारा जारी भएका विभिन्न ब्रान्डका डेबिट, क्रेडिट तथा प्रिपेड कार्डधारी ग्राहकलाई अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने छ ।

सम्झौतापत्रमा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणा र चिरायू अस्पतालका तर्फबाट सञ्चालक चण्डेश्वरानन्द राज वैद्यले हस्ताक्षर गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!