विदेशझैँ लाग्ने ! कलंकी-कोटेश्वर सडक निर्माण सम्पन्न (फोटो/भिडियो)

Posted on: 20 Dec, 2018

पुष ५, काठमाडौँ | उपत्यकाको २७ किलोमिटर चक्रपथमध्ये चीनको सांघाई कम्पनीले १० दशमलव ३९ किलोमिटर सडक विस्तारको जिम्मेवारी लिएर पुरा गरिदिएको छ । यो सँगै अब कलंकीदेखि सातदोवाटो हुँदै कोटेश्वरसम्म सडक निकै सहज बनेको छ । 

दैनिक जाम र धुलोको सांस्तीका बीच अब यो क्षेत्रको वातावरणसँगै सडक पनि विदेशकै झल्को आउनेगरि तयार भएको छ । चिनियाँ ठेकेदार कम्पनीले चीनकै अनुदानमा आएको झण्डै ५ अर्ब रुपैयाँ लगानीमा यो सडक निर्माण गरेसँगै अब केहि स्थानमा नेपाल सरकारले आकाशे पुल निर्माण गर्ने बाहेक सबै काम सकिएको हो । 

सडक निर्माणको काम सकिएपछि कलंकी–कोटेश्वर सडक चिल्लो, फराकिलो र आकर्षक बनेको छ । यो सडकमा यात्रा गर्दा धेरैले विदेशको झल्को आएको बताउने गरेका छन् । त्यसो त न धुलो नत जाम नै, पहिले धुलो र खाल्डोमा धर्मराउदै यही सडक पार गर्न ४०/५० मिनेट भन्दा बढी लाग्ने गरेकोमा अब १०-१५ मिनेटमै आरामदायी तरिकाले यात्रा गर्न सकिन्छ ।

हेर्नुहोस् केहि तश्वीरहरु: 

भिडियोमा पनि हेरौं: 


यस बिषयमा तपाइको प्रतिक्रिया...!