बर्दियाको ३६ किलोमिटर हुलाकी सडक कालोपत्र हुँदै

Posted on: 24 Dec, 2018

पुष ९, बर्दिया | बर्दियाको ३६ किलोमिटर हुलाकी सडकमा धूलो र हिलोबाट लामो समयदेखि प्रताडित हुँदै आएका बर्दियावासी अहिले कालोपत्र गर्न लोकामा खुशी भएका छन् ।

पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत पर्ने बर्दियाको मूर्तिहा–गुलरिया–भुरिगाउँ, बेलवा सम्मको सडकखण्ड अत्यन्तै जोखिम मोलेर दैनिक ओहोरदोहोर गर्नुपरेकामा कालोपत्र भएपछि स्थानीयवासी खुशी भएका हुन् । 

रु ६२ करोड १८ लाख ३८ हजार ६६६को लागतमा उक्त हुलाकी सडक निर्माणका लागि २०७३ भदौ महीनामा बोलपत्र आह्वान भएकामा बल्ल निर्माण हुन लागेको हो । त्यस्तै बेलुवा–राजापुर २१ किलोमिटर सडक रु ३० करोड छ लाख ३२ हजारको लागतमा अढाई वर्षमै निर्माण सक्ने गरी टेण्डर आह्वान भएकमा बल्ल काम शुरु भएको छ । निर्माण कम्पनीलाई पर्ने सम्पूर्ण बाधा अड्चन फुकाउँदै तोकिएकै समयमा सडक निर्माण सम्पन्न गर्नका लागि प्रशासन लागिपरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!