आजको विदेशी मुद्राको विनिमयदर: कुन देशको कति ? (सुचिसहित)

Posted on: 31 Dec, 2018

पुस १६, काठमाडौं | सोमबार अमेरिकी डलरसहित प्रायः सबै विदेशी मुद्राको भाउ स्थिर छ । कुवेती दिनारको भाउ थोरै बढेको छ भने कोरियन वनको भाउ केही पैसाले घटेको छ । 

नेपाल राष्ट्र बैंकले आइतबार जस्तै सोमबार पनि अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११२ रुपैयाँ २१ पैसा तोकेको छ । 

साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७५ पैसा र बिक्रीदर २९ रुपैयाँ २१ पैसा तथा कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा नै तोकिएको छ । 

आइतबारजस्तै सोमबार पनि युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा तथा मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ८८ पैसा र बिक्रीदर २७ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

कुवेती दिनारको भाउ चाहिँ केही पैसाले बढेको छ । आइतबार कुवेती दिनार १ को खरिददर ३६७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ५४ पैसा रहेकोमा सोमबार खरिददर ३६७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ६० पैसा तोकिएको छ ।

बहराइन दिनारको भाउ भने आइतबारजस्तै खरिददर २९६ रुपैयाँ ०९ पैसा र बिक्रीदर २९७ रुपैयाँ ६८ पैसा तोकिएको छ । 

कोरियन वनको भने केही पैसाले घटेको छ । आइतबार कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०६ पैसा रहेकोमा सोमबार खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०५ पैसा तोकिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!