मलेसियन रिंगिटको मुल्य बढ्यो, अरु देशको मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on: 01 Jan, 2019

पुस १७, काठमाडौं । आज सन् २०१९ को पहिलो दिन, अमेरिकी डलरलगायत अरु विदेशी मुद्राको भाउ घटेको छ भने मलेसियन रिंगिटको भाउ भने केही बढेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ ३४ पैसा र बिक्रीदर १११ रुपैयाँ ९४ पैसा छ । 

त्यस्तै आज मंगलबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६८ पैसा र बिक्रीदर २९ रुपौँ ८४ पैसा तथा कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५८ पैसा र बिक्रीदर ३० रुपैयाँ ७४ पैसा छ ।

त्यस्तै युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा छ । आइतबार र सोमबारको तुलना गर्ने हो भने युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा थियो ।

त्यस्तै आज मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ९४ पैसा र बिक्रीदर २७ रुपैयाँ ०९ पैसा तोकिएको छ । आइतबार र सोमबारको तुलनामा यो बढेको मूल्य हो । आइतबार र सोमबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ८८ पैसा र बिक्रीदर २७ रुपैयाँ ०२ पैसा थियो । मलेसियन रिंगिटको भाउ केही पैसाले बढे पनि कुवेती दिनार बहराइन दिनारको भने भाउ घटेको छ । 

आज कुवेती दिनार १ को खरिददर ३६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ८९ पैसा तथा बहराइन दिनार १ को खरिददर २९५ रुपैयाँ ३३ पैसा र बिक्रीदर २९६ रुपैयाँ ०२ पैसा छ ।

त्यस्तै आज कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०४ पैसा तोकिएको छ । 

पुरा हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!