पेट्रोलियम पदार्थको मूल्य घट्यो

Posted on: 02 Jan, 2019

पुस १८, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । निगमले तोकेको नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर १०८ र डिजल/मट्टिलेल प्रतिलिटर ९५ रुपैँया पर्नेछ ।

बुधबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोलमा, डिजेल र मट्टितेलमा दुई/दुई रुपैयाँ स्वचालित मूल्य प्रणालीद्धारा मूल्य घटाई समायोजन गरिएको निगमले जनाएको छ । अन्य पदार्थहरुको मूल्य भने यथावत राखिएको  निगमले जनाएको छ । 

यसअघि पेट्रोल प्रतिलिटर ११० रुपैयाँ र डिजेल/मट्टिलेल प्रतिलिटर ९७ रुपैयाँमा कारोबार भइरहेको थियो । निगमले पुस ३ गते पनि पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो ।

यस बीचमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा पुनः कमी आएको र अमेरिकी डलरसँग नेपाली मूद्रा पनि केही बलियो भएको कारणले गर्दा फर्मुला बमोजिम पेट्रोल र डिजेलरमट्टितेलको मूल्य घटाईएको निगमले बताएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!