घलेम्दी हाइड्रो पावरले आजदेखि साधारण शेयर बिक्री गर्ने

Posted on: 03 Jan, 2019

 पुस १९, काठमाडौ | म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आयोजना स्थल रहेको घलेम्दी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक घलेम्दी खोला हाइड्रो पावर कम्पनीले आजदेखि साधारण शेयर(आइपिओ) बिक्री सुरु गरेको छ । 

कम्पनीले रु १५ करोड ३३ लाख बराबरको १५ लाख ३३ हजार ७ सय ७० कित्ता साधारण शेयर (आइपिओ) बिक्री सुरु गरेको हो । कम्पनीको शेयर बिक्री प्रबन्धकमा भिबोर क्यापिटल रहेको छ । सो कम्पनीको शेयर छिटोमा यही पुस २३ गतेसम्म र ढिलोमा आगामी माघ १८ गतेसम्म बिक्री गरिनेछ । 

आवेदकले न्यूनतम ५० कित्ता र अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । कम्पनीले म्याग्दीमा पाँच मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले केही समय पहिले आयोजना प्रभावित म्याग्दीवासीका लागि साधारण शेयर बिक्री गरेको थियो । रासस | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!