आज सुनको मूल्य ह्वात्तै बढ्यो

Posted on: 03 Jan, 2019

पुस १९ काठमाडौं | बुधवार ओरालो लागेको सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाला सुन प्रतितोला ६० हजार ४ सयमा रुपैयाँमा कारोबार भइरहेको छ । 

बुधबार सुन ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।  तेजावी सुन भने प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यता, चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४६० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!