आइतबार साउदी, कतार, युएई, मलेसिया लगाएत अन्य देशहरुको पैसाको मुल्य कति ? हेर्नुहोस्

Posted on: 06 Jan, 2019

पुस २२, काठमाडौं | हप्ताको पहिलो दिन आज आइतबार विदेशी मुद्राको भाउ घटेको छ । 

नेपाल राष्ट्र बैंकले आइतबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६६ पैसा तथा बिक्रीदर २९ रुपैयाँ ८२ पैसा तोकेको छ । शुक्रबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ८६ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ०२ पैसा थियो । 

आइतबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा तोकिएको छ । शुक्रबार युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा रहेको थियो ।

मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ९० पैसा र बिक्रीदर २७ रुपैयाँ ०५ पैसा, कुवेती दिनार १ को खरिददर ३६६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ८७ पैसा तोकिएको छ । 

आइतबार बहराईन दिनार १ को खरिददर २९५ रुपैयाँ १२ पैसा र बिक्रीदर २९६ रुपैयाँ ७१ पैसा तोकिएको छ। शुक्रबार बहराईन दिनार १ को खरिददर २९७ रुपैयाँ ११ पैसा र बिक्रीदर २९८ रुपैयाँ ७१ पैसा तोकिएको थियो । 

त्यस्तै कोरियन वन एकसयको खरिददर ९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९ रुपैयाँ ९७ पैसा तोकिएको छ । शुक्रबार कोरियन वन एकसयको खरिददर ९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा तोकिएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!