सुनको भाउ निरन्तर उकालो लाग्दै, आज कति पुग्यो ? हेर्नुहोस

Posted on: 10 Jan, 2019

पुस २६, काठमाडौं । नेपाली बजारमा सुनको भाउ आकाशिएको छ । बिहिबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार प्रतितोला ६० हजार १ सयमा कारोबार भएको छापवाला सुन प्रतितोला ६ सयले बढेर बिहिबार प्रतितोला ६० हजार ७ सय रुपैयाँ पुगेको छ ।

अघिल्लो दिनको ५९ हजार ८ सयमा कारोबार भएको तेजावी सुन पनि आज ६० हजार ४ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

यस्तै चाँदीको भाउ रु ५ बढेर ७ सय ६५ रुपैयाँ पुगेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!