भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा भोजपुरमा दुई सय सत्तरी घर पुनःनिर्माण सम्पन्न

Posted on: 17 Jan, 2019

 माघ ३, भोजपुर | जिल्लामा हालसम्म २७० घरको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा अहिलेसम्म २७० मात्र घरको पुनःनिर्माण सम्पन्न भएको हो । 

जिल्लामा भूकम्पबाट पूर्ण क्षति भएका पाँच हजार १६७ घरमध्ये हालसम्म २७० जनाले तेस्रो किस्ताको रकम बुझेको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारको कार्यालय भोजपुरले जानकारी दिइएको छ । दुई हजार ५३६ ले दोस्रो किस्ताको बुझिसकेका छन् भने पाँच हजार ७१ ले पहिलो किस्ता बुझेका कार्यालयका नायव सुब्बा हकिृष्ण दाहालले जानकारी दिनुभयो । पुनःनिर्माणअन्तर्गत पहिलो किस्ता लिएर पारिवारिक समस्याको कारण देखाउँदै एक जनाले भने रकम फिर्ता गरेको कार्यालयले जनाएको छ । 

चार सय ५३ प्रवलीकरण सङ्ख्या रहेकामा हालसम्म १८४ को सम्झौता भएको र उनीहरुले निकासा लिएको कार्यालयले जनाएको छ । 

स्वेदन तथा पञ्चकर्म उपचार पद्धति 

यहाँ पहिलो पटक स्वेदन तथा पञ्चकर्म चिकित्सा अर्थात् हाडजोर्नी तथा नसासम्बन्धी उपचार पद्धति सञ्चालनमा आएको छ । यस पद्धतिले औषधिसहित वाफको माध्यमबाट बिरामीको उपचार गरिने जिल्ला आयुर्वेद स्वाथ्य केन्द्रका प्रमुख दिलीपकुमार झाले जानकारी दिनुभयो । 

यो उपचार पद्धति सञ्चालनमा ल्याइएपछि बिरामीलाई सेवा दिन सहज भएको उहाँको भनाइ छ । उपचार पद्धति उपकरणको बुधबार एक कार्यक्रमका बीच भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले उद्घाटन गर्नुभएको हो । रासस |

यस बिषयमा तपाइको प्रतिक्रिया...!