शेयर बजारमा सामान्य सुधार

Posted on: 28 Jan, 2019

माघ १४, काठमाण्डौ | धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.७९ विन्दुले बढेर एक हजार १६४.८९ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६५ विन्दुले बढेर २४७.२५ विन्दुमा पुगेको छ । 

स्टकका अनुसार आज १६५ कम्पनीको आठ लाख ७१ हजार ८२८ कित्ता शेयर रु २२ करोड ४३ लाख १६ हजार ५२७ मा खरीद बिक्री भए । आज कारोवार भएका कूल १० उपसमूह मध्ये ६ उपसमूहको शेयरमा वृद्धि भएको र चार उपसमूहको शेयर घटेको स्टकले जनाएको छ । 

होटल १.५६, जलविद्युत् ०.०२, उत्पादन १४.७८ र अन्य ०.९४ विन्दुले घटेका छन् । यस्तै बैंकिङ ०.९९, विकास बैंक ८.६१, वित्त ०.७८, निर्जीवन बीमा ७२.४, लघुवित्त १७.५९ र जीवन बीमा १९.८६ विन्दुले बढेको छ । 

सामान्य बढेको बजारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, माहुली साुमदायिक लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, रिलायन्स फाइनान्स कम्पनीका शेयरधनीले आज कमाएका छन् । 

यस्तै हाथवे फाइनान्स कम्पनी, मल्टिपर्पोज फाइनान्स कम्पनी, कालिका लघुवित्त वित्तीय संस्था, आँखु खोला जलविद्युत् कम्पनी, बोटलर्स नेपाल तराई लिमिटेडको शेयरधनीले आज बढी गुमाएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!