सुनको भाउले ६ वर्षयताकै रेकर्ड तोड्यो, आज कति पुग्यो ? हेर्नुहोस

Posted on: 01 Feb, 2019

माघ १८ काठमाडौं | नेपाली बजारमा सुनको भाउ ६ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको ६२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार भन्दा १ सयले बढेर तोलाको ६२ हजार ३ सय रुपैयाँ पुगेको हो । बुधबार तोलाको ६२ हजार २ सय पुग्दा अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँले बढेको थियो । गत आइतबार तोलाको ६१ हजार २ सय रुपैयाँ पुगेको भाउ सोमबार थप २ सयले बढेर ६१ हजार ४ सय र मंगलबार अझै १ सय महँगो भई ६१ हजार ५ सयमा कारोबार भएको थियो । चाँदीको भाउ भने तीन दिनदेखि तोलाको ७ सय ८० रुपैयाँमा स्थिर रहेको छ ।

छापावाल सुनको भाउ यसअघि २०७० भदौ १२ गते नेपाली इतिहासकै सबैभन्दा बढी तोलाको ६३ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!