प्रथम प्रदेश स्तरिय महोत्सव: उद्घाटन प्रचण्डले गर्ने की राउतले ?

Posted on: 03 Feb, 2019

राम नारायण पंडित | माघ २०, सिरहा | सिरहाको व्यापारीक नगरी मिर्चैयामा प्रदेश नं. २ को प्रथम प्रादेशिक औधोगिक व्यापार मेला तथा प्रथम प्रदेश स्तरिय महोत्सव २०७५ हुने भएको छ । 

प्रदेश २ अन्तर्गत मिर्चैया नगरपालिका ६ स्थित माघ २८ गतेदेखी शुरु हुने औधोगिक महोत्सवमा कृषिका औजार सामाग्रीदेखि स्थानिय कला संस्कृति प्रदर्शनी हुने आयोजक उद्योग वाणिज्य संघ मिर्चैयाका अध्यक्ष हरीशंकर साहले बताए । 


महोत्सवको उद्घाटन कसले गर्ने बारे निर्णय हुन् बाँकी रहेपनि नेकपाका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्रि पुष्पकमल दहाल (प्रचण्ड) र प्रदेश न. २ का मुख्य मन्त्रि लालबाबु राउतको बिषयमा गृहकार्य भईरहेको आयोजकको दाबी रहेको छ । महोत्सवको उदघाटन प्रचण्ड गर्ने प्रवल सम्भावन रहेको समेत आयोजक बताए ।  

महोत्सवमा स्थानियको साथै राष्ट्रिय स्तरका कालाकारहरुको धमाकेदार प्रस्तुति रहने छ । महोत्सव फाल्गुन ७ गतेसम्म चल्ने आयोजकले बताए ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!