सुनको भाउले राख्यो नयाँ रेकर्ड ! आज कति पुग्यो ?

Posted on: 04 Feb, 2019

माघ २१, काठमाडौं– सोमबार सुनको भाउले नयाँ रेकर्ड राखेको छ । सोमबार छापावाल सुन प्रतितोला ६२ हजार ५ सयमा कारोबार भइरहेको छ ।

आइतबार ६२ हजार ३०० मा कारोबार भएको सुनको भाउ आज २००  बढेर ६२ हजार ५ सयमा कारोबार भएको हो । 

यस्तै आज तेजावी सुन ६२ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

चाँदी भने आज तोलमा रु ७८० मा कारोबार भइरहेको छ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!