सुनको मूल्य घट्यो

Posted on: 06 Feb, 2019

माघ २३, काठमाडौं ।  निरन्तर उकालो लागिरहेको सुनको मूल्य बुधबार घटेको छ । बुधबार छापावाल सुन प्रतितोला २ सयले घटेर ६२ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार सुन ६२ हजार ६ सयमा कारोबार भएको थियो । यस्तै तेजावी सुन आज ६२ हजार १०० मा कारोबार भइरहेको छ।  

चाँदी आज तोलामा  ७ सय ८० मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!