विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर (सुचिसहित)

Posted on: 20 Feb, 2019

फागुन ८, काठमाण्डौ । बुधबार अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम, कोरियन वन लगायतका सबै विदेशी मुद्राको भाउ घटबढ भएको छैन । 

नेपाल राष्ट्र बैंकले बुधबार लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४५ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा छ । 

बुधबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ १६ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ८९ पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा छ । 

यस्तै बुधबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ८० पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ५९ पैसा छ । 

यसैगरी कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १५ पैसा तोकिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!