सुनको मूल्य घट्यो

Posted on: 27 Feb, 2019

फागुन १५, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ प्रतितोलमा २ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ६२ हजार ६ सयमा कारोबार भइरहेको छ । 

मंगलबार सुन तोलमा ६२ हजार ८ सयमा कारोबार भएको थियो ।  

यस्तै बुधबार तेजाबी सुन ६२ हजार ३ सयमा कारोबार भइरहेको छ । 

आज चाँदी प्रतितोला ७ सय ७५ रुपैंयामा कारोबार भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!