हेटौडामा मेला भित्र झेलै झेला

Posted on: 02 Mar, 2019

फागुन १८, मकवापनुर । हेटौंडामा आज बाट मेला सुरु भएको छ । १६ गते उद्घाटन हुने भनिएको मेलामा ५० प्रतिशत पनि तयारी नपुगे पछि १८ गते सारियो । तर १८ गते पनि ब्यापार मेलाको तयारी नपुगेको पाइएको छ । 

ठुलै आर्थिक चहलपहल हुने मेलामा बाजा गाजा सहित उद्घाटन गरिएपनि मेला आयोजकको लापरवाहीका कारण ब्यवसायी र आम मेला अबलोकन कर्ताको लागि समस्याता छदैछ । स्वयं आयोजकको पनि बाजा बज्ने स्थिती देखिएको छ । 

मकवानपुरको चिनारी ठेकी मात्र नभएर काठको ठेकी हो तर आयोजकले पहिचान मेटाउने किसिमले फलामको ठेकी ठड्याएका छन् । अर्को आकर्षण भन्ने दावी गरिएको हेलिकप्टरमा पनि आकर्षण देखिदैन् । 

भर्खरै मात्र हेलिकप्टर दुर्घटनामा परेर पर्यटन मन्त्री सहत ७ जनाको निधन भएको र मौसम पनि प्रतिकुल रहेकाले हेलिकप्टर चढ्न कसैले नमान्दा आयोजकलाई हेलिकप्टर भारी परेको छ। त्यतिमात्र हैन आन्तरिक ब्यवस्थापन हेर्नैहो भने पनि मेलामा बेहाल छ। स्टल लगायतको व्यवस्थापन पक्ष फितलो भएको र छुटका नाममा लुटको धन्दा चलिरहेको गुनासो दर्शक मेलामा सहभागी भएका हरुको गुनासो छ ।

खाना, खाजाका स्टलको मनोमानी मूल्य साथै कान्तिलोक पथको मेनरोडमा अयोजककै गाडी पार्कि पार्किङ् स्थत बनेको छ । अन्य सवारी पनि मेनरोडमै पार्किङ हुदा सडक असुरक्षीत बनेको  छ। पैसा कमाउनको मात्रै उद्यस्य रहेको मेलामा मेला स्थलमा मैदानमा उचित सुरक्षाप्रबन्धका लागि सावधानी अपनाइएको छैन । 

साथै पर्यटन पर्यटनको उद्यस्य राखिएको मेलामा हेटौडामा पक्ष विकास केन्द्रको पोखरीमा आउने पाहुना चरालाई मेलाको कोलाहलले प्रभावित पारेको भन्दै आम नागरिकले प्रश्न उठाउदै आएका छन्  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!