सुनचाँदीको मुल्य घट्यो

Posted on: 05 Mar, 2019

फागुन २१, काठमाण्डौ । सुनचाँदीको भाउ मंगलबार घटेको छ । सुन मंगलबार तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुन तोलाको ६१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

चाँदी पनि मंगलबार तोलामा १० रुपैयाँ घटेर तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!