सनराइज बैक लिमिटेको नगद फिर्ता (क्यास ब्याक) योजना

Posted on: 05 Mar, 2019

फागुन २१, काठमाडौँ | सनराइज बैंकले भिसा संगको सहकार्यमा आफ्ना सम्पूर्ण डेविट तथा क्रेडिट कार्डको कारोबार मा रु. ५००/– देखि रु. १,०००/– सम्म नगद फिर्ता (क्यास ब्याक) योजना

लागु गरेको छ । 

बैंकले ल्याएको योजना अन्तर्गत बैंकको कुनै पनि ग्राहकले डेविट तथा क्रेडिट कार्ड प्रयोग गरि POS वा Online मार्फत कारोबार गरेमा रु. ५००/– देखि रु. १,०००/– सम्म नगद बैंकले उक्त ग्राहकको खातामा जम्मा गरिदिनेछ । रु. ५,०००/– देखि रु. १०,०००/– सम्मको POS वा Online मा भएएको कारोबारमा रु. ५००/– क्यास ब्याक दिइने छ साथै रु. १०,०००/– देखि रु. १५,०००/– सम्मको कारोबारमा रु. ७५०/– क्यास ब्याक र रु. १५,०००/– भन्दा माथिको कारोबारमा रु. १,०००/– क्यास ब्याक दिइने छ । 

यस योजनाले सनराइज बैंकका सम्पूर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहक वर्गलाई लाभान्वित बनाउने आशा लिएको छ र साथै भविष्यमा थप सेवा सुविधा ग्राहक माझ ल्याउन सनराइज बैंक प्रतिबद्ध रहेको जानकारी गराइएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले १०३ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ३ वटा एक्सटेन्सन काउण्टर, ११७ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!