नेपाल इन्भेष्टमेण्ट बैंकको KMC मा नयाँ काउन्टर, नवजात शिशुको खातामा ५०० निशुल्क

Posted on: 11 Mar, 2019

फागुन २७, काठमाडौँ | नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (KMC) मा आफ्नो ११औं एक्स्टेन्सन काउन्टर र १११औं एटिएम एकसाथ खोलेको छ । 

काउन्टर र एटिएमको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र  काठमाडौं मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. दामोदर प्रसाद पोखरेलले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । 

आजैदेखि KMC Teaching Hospital मा जन्मने नवजात शिशुहरुको खाता खोलिएमा निशुल्क ५०० रुपैयाँ खातामा राखिदिने र उक्त खातामा बैंकले तोकेको न्युनतम औषत मौज्दात जम्मा भएपछि जन्मदिनमा बैंकले केक उपहार दिने बताइएको छ । 


काउन्टरले रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गर्ने छ । मासिक लगभग ३० हजार विरामीको उपचार हुने KMC मा मेडिकल साइन्सका विभिन्न संकायमा हजार भन्दा बढी विद्यार्थीहरु अध्यायनरत  छन् भने हजार कै हाराहरीमा डाक्टर तथा कर्मचारीहरु कार्यरत छन् । विगत लामो समयदेखि आफ्नो सेवा प्रदान गरिरहेको KMC संगको नाता मजबुत बनाउने र आर्थिक कारोबारमा सहजता प्रदान गर्ने उदेश्यले बैंकले सेवा विस्तार गरेको हो । 

बैंकले अहिले ७८ वटा शाखा कार्यालय, १० वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ५१ वटा शाखारहित बैंकिङ सुविधा, १११ वटा एटिएम तथा ३,७८३ वटा एइक् मेसिन बाट सेवा दिइरहेको छ । 

Bank of the Year पाँच पटक प्राप्त गरिसकेको NIBL ले उत्कृष्ट सेवा तथा व्यवसायमा गरेको अब्बल प्रदर्शनका कारण Euromoney नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट Euromoney award for excellence “Best Bank 2018” अवार्ड प्राप्त गर्न सफल भएको छ भने यसै बर्ष इक्रा नेपालद्धारा प्रदान गरिदै आएको क्रेडिट रेटिङ्गमा A बाट A + ल्याई स्त्तरोनन्ति गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!