करोडौंको ठगी आरोपमा व्यवसायी सुधीर बस्नेत पक्राउ

Posted on: 03 Apr, 2019

चैत २०, काठमाडौं । सहकारी खोलेर करोडौंको ठगी गरेको आरोपमा प्रहरीले ओरेन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेतलाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले उद्बार साँझ उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त लामाले साझा सबाललाई जानकारी दिएका छन् ।

लामो समयदेखि आफ्नो निक्षेप फिर्ता नपाएको र राज्यले आफूहरुलाई न्याय दिन नसकेको पिडितहरुको गुनासोको आधारमा प्रहरीले बस्नेतलाई पक्राउ गरेको हो । ओरेन्टल को–अपरेटिभका पीडित निक्षेपकर्ताहरुले राज्यले आफ्नो बिषयलाई गम्भीरताका साथ नलिएको आरोप लगाउंदै पटक-पटक आन्दोलन गर्दै आएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!