मलेसिया, साउदी, कतार, युएई लगायत अन्य देशहरुको पैसाको मूल्य कति ? हेर्नुहोस्

Posted on: 04 Apr, 2019

चैत २१, काठमाण्डौ । आज बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ १८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७८ पैसा तोकेको छ । 

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ११ पैसा र बिक्रीदर २९ रुपैयाँ २७ पैसा छ । आज कतारी रियाल १ को खरिददर २९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३० रुपैयाँ १५ पैसा तोकिएको छ ।  

यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ७२ पैसा र बिक्रीदर २९ रुपैयाँ ८९ पैसा छ ।  मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७७ पैसा र बिक्रीदर २६ रुपैयाँ ९१ पैसा छ । 

यस्तै बिहीबार कुवेती दिनार १ को खरिददर ३५८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६० रुपैयाँ ५८ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर २८९ रुपैयाँ ६० पैसा र बिक्रीदर २९१ रुपैयाँ १९ पैसा छ । 

यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!