मलेसिया, साउदी, कतार, युएई लगाएत देशहरुको पैसाको मुल्य बढ्यो (हेर्नुहोस् सुचिसहित)

Posted on: 09 Apr, 2019

चैत २६, काठमाण्डौ – मंगलबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ । तर कोरियन वनको भाउ भने स्थिर छ । 

आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ १८ पैसा र बिक्रीदर १११ रुपैयाँ ७८ पैसा तोकेको छ । हिजो खरिददर ११० रुपैयाँ ४६ पैसा र बिक्रीदर १११ रुपैयाँ ०६ पैसा तोकेको  थियो ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८० पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ४५ पैसा र बिक्रीदर २९ रुपैयाँ ६१ पैसा थियो।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा तोकिएको

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा छ । हिजो सोमबार खरिददर ३० रुपैयाँ ०७ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा तोकिएको थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ १३ पैसा र बिक्रीदर २७ रुपैयाँ २८ पैसा छ । हिजो २७ रुपैयाँ ०२ पैसा र बिक्रीदर २७ रुपैयाँ १६ पैसा थियो ।

यस्तै मंगलबार कुवेती दिनारको १ को खरिददर ३६५ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ०३ पैसा तोकिएको छ । हिजो खरिददर ३६२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ९१ पैसा तोकिएको थियो । 

बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ ९१ पैसा र बिक्रीदर २९६ रुपैयाँ ५५ पैसा छ । हिजो दिनार १ को खरिददर २९२ रुपैयाँ ९२ पैसा र पैसा बिक्रीदर २९४ रुपैयाँ ५१ पैसा थियो । 

यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!