नेपाल जीवनस्तर सर्वेक्षणको काम सुरु

Posted on: 10 Apr, 2019

चैत २७, काठमाडौं । सरकारले ‘नेपाल जीवनस्तर सर्वेक्षण’को काम पनि सुरु गरेको छ । केन्द्रिय तथ्याँक विभागका महानिर्देशक सुमनराज अर्यालले नेपाल जीवनस्तर सर्वेक्षणको काम पनि सुरु गरिएको जानकारी दिएका हुन् ।

बुधबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै उनले गरिवी निवारण गर्ने सरकारको लक्ष्यलाई सघाउ पुर्याउन विभागले जनताको जीवनस्तरको पनि सर्वेक्षण गर्नै कामलाई अघि बढाएको बताए । त्यसैगरी विभागले सामाजिक गतिविधि तथा महिला, दलित, जनजातिलगायतका समूदायहरुको पनि तथ्यांक संकलनको कामलाई सुरु गरिएको जनाएको छ ।

विभागले राष्ट्रिय योजना आयोगको सहयोगमा नेशनल डेटा प्रोफाईल बनाउने कामलाई पनि अन्तिम चरणमा पुर्याएको छ । राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुयाँलले मुलुकको समग्र डाटालाई संकलन गरेर इन्टरनेटमार्फत् जानकारी गराउने उद्देश्यका साथ सो डेटा प्रोफाईल बनाउने काम भइरहेको  पनि समितिलाई जानकारी गराए ।

केन्द्रीय तथ्यांक विभागले नेपालमा पहिलो पटक आर्थिक गणनाको काम पनि सुरु गरेको छ । रोजगारीको अवसर सृजना गर्न आवश्यक तथ्यांकको लागि आर्थिक गणनाको कामलाई पनि सुरु गरिएको केन्द्रीय तथ्याँक विभागले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!