प्रभु बैंकको नयाँ शाखा गोरखाको पालुङटारमा

Posted on: 12 Apr, 2019

चैत्र २९, गोरखा  ।  प्रभु बैंकले गोरखाको पालुङटारमा शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्य अनुरुप गोरखाको पालुङटार नगरपालिका वडा नं. ५ मा शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ ।

 बैंकको पालुङटार शाखा कार्यालयबाट स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको अत्याधुनकि प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित् हुनेछन् र पालुङटार नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!