धादिङ्गको गल्छीमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर

Posted on: 17 Apr, 2019

बैशाख ४, काठमाडौं । ग्लोबल आइएमई बैंक लि.ले धादिङ्ग जिल्लाको गल्छी गाँउपालिका वडा नं ६, गल्छी स्थित करदाता सेवा कार्यालको भवनमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ । 

धादिङ्गको गल्छी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको चाहानालाई मध्यनजर गर्दै बैंकले एक्सटेन्सन काउण्टर खोलेको जनाएको छ । उक्त एक्सटेन्सन काउण्टरको उद्घाटन नेपाल सरकारका माननीय अर्थमन्त्री श्री युवराज खतिवडाको रोहवरमा भयो । उक्त एक्सटेन्सन काउण्टरले राजश्व संकलनका साथै अन्य बैंकिङ्ग सेवा समेत प्रदान गर्नेछ । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले १३६ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, १० वटा एक्सटेन्सन काउण्टर तथा १२६ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत  आफ्ना १० लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा रु. १५ लाखसम्मको बिना धितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!