नबिल ब्यालेन्स फण्ड-२ को १० करोड २० लाख इकाई विहिबारबाट सार्वजनिक निष्काशन हुँदै

Posted on: 17 Apr, 2019

बैशाख ४, काठमाडौं। नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटडले सामूहिक लगानी कोष नबिल ब्यालेन्स फण्ड २ को इकाई बैशाख ५ देखि सार्वजनिक निष्काशन गर्ने भएको छ। प्रतिइकाई दश रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको नबिल इन्भेष्टले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

फण्डले निष्काशन गर्ने कुल १२ करोड इकाईमध्ये बिज पूँजी वापत न्यूनतम १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवद्र्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई छुट्टाएर बाँकी १० करोड २० लाख इकाईमा सर्वसाधारणबाट निष्काशन गर्न लागेको हो  ।


लगानीकर्ताले प्रति इकाई १० रुपैयाँको दरमा न्युनतम १०० इकाई र अधिकतम एक करोड २० लाख इकाईसम्मको लागि आवदेन दिन सक्नेछन्। दश वर्ष अवधिको यस फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् । उक्त इकाई छिटोमा बैशाख ९ गते बन्द हुनेछ भने आवश्यक आवेदन नपरेको खण्डमा भने जेठ ३ गतेसम्म खुला रहने बिक्री प्रबन्धक नबिल इन्भेष्ट एण्ड बैंकिङ्गले जनाएको छ ।

कोष प्रवर्द्धक नविल बैंकको रेटिङ 'इक्रा एनपि आइआर डवल ए माइनस' र योजना व्यवस्थापक नविल इन्भेष्टमेन्ट बैंकिङको 'इक्रा एनपि एएमसी क्वालिटी थ्री प्लस' रहेको छ। दुबै रेटिङले सुरक्षित रहेको संकेत गर्दछ।  नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको व्यवस्थापनमा नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने उक्त नबिल ब्यालेन्स फण्ड–२ योजनाको इकाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डले चैत १० गते अनुमति पाएको थियो।

घट्दो बजारमा निष्काशन हुन लागेको यस फण्डले न्युनतम पनि ५० प्रतिशत बिक्री गर्न नसकेको खण्डमा भने योजना नै खारेज हुने कानुनी व्यवस्था छ। यद्यपी बैंकले यसअघि जारी गरेर २०७४ चैत २९ गते परिपक्व भएको पाँच वर्षे अवधिको नबिल ब्यालेन्सड् फण्ड १ योजनाले भने २०७५ असार २७ गतेदेखि नै इकाईधनीलाई शतप्रतिशत लाभांश भुक्तानी गरिसकेको छ। नबिल ब्यालेन्स फण्ड २ को इकाई पनि बिक्री हुनेमा कम्पनी विश्वश्त रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटडका प्रमुख कार्यकारी अधिकृत सबिर बडे श्रेष्ठले दाबी गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!