विकासका लागि एकमत भएर लाग्ने प्रतिवद्धता

Posted on: 17 Apr, 2019

रेशमराज रोकाया | वैशाख ४, हुम्ला | सिमकोट गाउँपालिकाको हरेक विकास निर्माणको काम अब सहज हुने भएको छ । कार्यपालिका सदस्य लगायत विकास निर्माणसँग सरोकार राख्ने सबै महानुभावले आज एक कार्यक्रम विच यस्तो निर्णय गरेका हुन् । विरोधका लागि विरोध गरेर समाज परिवर्तन र विकास नहुने भन्दै कार्यक्रमका अधिकाँश वक्ताले विकास निर्माणमा एकमत भई लागेमा मात्र आफ्नो ५ वर्षे कार्यकाल सुखद र उदाहरणिय हुने बताएका छन् । 

विकास निर्माणको विषयमा हिउँदे अधिवेसन फाल्गुण ३० मा भएको सामान्य मनमोटावलाई ध्यानमा राखी आयोजना गरिएको समिक्षा कार्यक्रममा  आगामी दिनमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग र समर्थन रहनेमा सबैको जोड रहेको थियो । कार्यपालिकाका अन्य सदस्यलाई आफुले अनौपचारिक रुपमा नै भेटघाट र छलफल गरी समस्याको समाधान गर्ने प्रयास गरेको र आगामी दिनमा विकासको खाँचो भएको ठाउँमा मात्र योजना निर्माण गरी कार्यन्वयनमा लैजाने सिमकोट गाउँपालिका अध्यक्ष पदम लामाले बताउनु भयो । हरेक कार्यपालिकाको सदस्यको भावनालार्य बुझ्दा विकासको निर्माणको पक्षमा नै रहेको भएता पनि यसलाई बुझ्न र कार्यन्वयन प्रक्रियालाई बुझ्न नसक्नु हामी सबैको कमजोरी भएको लामाले बताउनु भयो । 

बजारमा हुने अनावश्यक हल्लाको पछि लाग्नु भन्दा यसलाई संक्रमणकालिन व्यवस्थाको फाईदा उठाउनेको पछि नलाग्न समेत लामाले अनुरोध गर्नु भयो । हरेक अन्यौलता र असमझदारीलाई बसेर छलफलको माध्यमबाट नै समाधान गरिनु पर्नेमा प्रमूख प्रशासकिय अधिकृत अर्जुन दर्जीले बताउनु भयो । काम गर्ने शिलशिलामा कहीँ कतै केही कमी कमजोरी रहने मानविय प्रवृत्तीलाई सबैले सहज रुपमा लिनु पर्नेमा वडा नं. ६ का अध्यक्ष जयचन्द्र रोकायाले बताउनु भयो । अन्यौलता र असमझदारकिो कारण हिउँदे अधिवेसनको पहिलो वैठक बहिस्कार सम्म हुन पुगेको तितो यथार्थतालाई शिक्षा लिँदै प्रदेशसँग समपुरक र विशेष अनुदानको लागि निर्णय गर्नु पर्ने अन्तिम समय आएकोले सोही अवधीमा केही समस्या आएको भएता पनि विकास निर्माणमा कोही कसैबाट त्यस्तो अवरोध आउनु राम्रो नभएको पालिकामा रहेका सरोकारवालाले बताएका थिए । 


माथिको तश्वीरमा: सिमकोट पालिका अध्यक्ष पदम बहादुर लामा कार्यपालिका सदस्यसँग कार्यक्रममा बोल्दै । तश्वीरमा: रेशमराज रोकाया 

यस बिषयमा तपाइको प्रतिक्रिया...!