खुला मञ्चमा सटर: उपमेयर भन्छिन् 'माथिको हिन्ट्स नभई त्यतिकै आँट गर्या होला त ?' (भिडियो)

Posted on: 25 Apr, 2019

वैशाख १२, काठमाडौं । काठमाडौँ उपत्याकाका खाली जग्गामा भू-माफियाले मनपरी गरेको भन्दै खुला मञ्च बचाउ अभियानको टोलिले आज महानगरपालिका अगाडी धर्ना दिएको छ । उक्त अभियानको नेतृत्वमा संयोजक सुसन वैद्यले यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाका उपमेयरलाई ज्ञापनपत्र बुझाएका हुन् ।

गत २०७२ सालको भूकम्प जाँदा खालि जग्गा खोज्दै टुडिखेल र खुला मंच जानु परेको स्मरण गराउंदै अभियानका संयोजक बैद्यले खुला क्षेत्रलाई संरक्षण नगरी व्यवसाय गर्न दिएर क्षणिक लाभमात्रै हुने तर त्यसको दीर्घकालीन असर पुग्ने बताए संयोजक वैद्यले बताए । उनले खुला क्षेत्र खुला नै रहनुपर्छ भन्दै खुला क्षेत्र विपद व्यवस्थापन बाहेक अन्य समयमा आकस्मिक प्रयोग गर्न मात्र सक्ने अन्यथा त्यसको संरक्षण गरेर राख्नुपर्ने बाताए  ।


उक्त अभियान टोलीले महानगर बाहिर धर्ना दिँदै नारावाजी समेत गरेपछि महानगरकि उपमेयर हरिप्रभा खड्गीले आफू खुला मंचमा व्यवसायिक प्रायोजनले खुलेका सटर बन्द गर्न तत्पर रहेको बनाइन  । आफू जनताकै साथमा रहेको भन्दै उपमेयर खड्गीले उक्त ठाउँमा अत्यावश्यक प्रयोजनको लागि मात्र संरचना बनाउन सहमति दिएको बताइन  । उनको अनुसार खूला मंचमा ट्वाईलेट, क्यान्टिन र औषधि पसल राख्नको लागि मात्र अनुमति दिएको बताइन । आफूहरुले अनुमति दिएको बेगर व्यवसायिक प्रायोजनमा उक्त स्थानमा सटर बनाएको भए तत्काल हटाउने उनको प्रतिबद्धता छ । उनले अनुमति भन्दा फरक तरिकाले सटर बनाएको बिषयमा भनिन् 'माथिको हिन्ट्स नभई उसले त्यतिकै आँट गर्या होला त ?'

थप भिडियोमा हेर्न सक्नुहुनेछ 


यस बिषयमा तपाइको प्रतिक्रिया...!