सुनको मुल्य घट्यो

Posted on: 02 May, 2019

बैशाख १९, काठमाडौं– बिहिबार पनि सुनको भाउ घटेको छ । बुधबार प्रतितोला ५९ हजार ६ सयमा कारोबार भएको छापावाल सुन घटेर ५९ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा ५९ हजारमा कारोबार भइरहेको छ।  

यसैगरी चाँदी रु ७ सय १५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!