सहज बन्दै नारायणघाट मुग्लिन सडक (१५ मिनेटको भिडियोमा हेर्नुहोस्)

Posted on: 17 May, 2019

जेठ ३, काठमाडौँ | नारायणघाट मुग्लिन सडक अहिले धेरै सुधारिएको छ । ३४ किलोमिटर दुरीको यो सडक खण्ड पार गर्न अहिले ३० देखि ४५ मिनेट लाग्छ । दैनिक जस्तो हुने दुर्घटना अहिले धेरै नियन्त्रणमा आएको छ । ठाउँ-ठाउँमा स्पिड ब्रेकर राखिएको र त्यसले यात्रा गर्नेहरुलाई केहि झन्जटिलो र अफ्ट्यारो पार्ने भएपनि त्यसले दुर्घटना न्यूनीकरणमा धेरै हदसम्म नियन्त्रण गरेको छ । 

अहिले यो सडक एसियन Highway Standard को साबिकको भन्दा झण्डै दुई गुणा चौडा ( ९ देखि ११ मिटर) को बनेको छ । भौगोलिक कारण कहिँ कतै अलि अफ्ट्यारो भए पनि त्यसलाई प्रयाप्त सडक निर्देशन वोर्डहरुले सहज बनाइदिएको छ । दिनमा मात्र नभई रातमा पनि यो क्षेत्रमा यात्रा गर्दा अहिले सहज भएको छ । प्रयाप्त सडक संकेतहरुले यात्रालाई सहज बनाइदिएको चालकहरुले बताएका छन् । यसमा एउटा सवारी बिग्रिएर छेउमा पार्किङ्ग गरेर पनि दुईतर्फी सवारी सन्चालन सहजै हुन्छ । पहिले एउटा सवारी बिग्रिंदा केहि घण्टासम्म जाम पर्ने गरेकोमा अहिले निर्वाध यात्रा गर्न सकिन्छ । 


पहिले उकालो, ओरालो र काट्न नसकिने साँघुरा घुम्तीले सवारीको यात्रा निकै कष्टकर हुनेगर्दथ्यो भने अहिले बनेको सडकको बढीमा grade 7% मात्र छ भने Minimum radius of curve 35m रहेको छ । यसले गर्दा ठूला र लामा सवारी साधन पनि सहजै यो सडकमा गुड्न सक्छन् । 

एहंको भौगोलिक क्षेत्रनै यस्तो कठिन अवस्थाको छ कि यहाँ चार लेंक्को सडक बनाउन निकै गाह्रो छ । सडकको लागि जति खन्यो त्यहि आधारमा भीर बन्न जाने हुनाले ठूला पहिरोले निकै समस्या दिने सक्ने हुँदा अहिले यो सडक दुई लेनको मात्र छ । त्यसो त सरकारले ४ लेनको सट्टा पारीपट्टि अर्को दुई लेनको बाटो बनाउने लक्ष्य लिएको हुँदा यो सडक भविष्यमा थप सहज हुने विश्वास छ । मुग्लिन–काठमाडौँ सडक खण्डको विद्यमान सडकलाई बढाउन सक्ने सम्भावना नदेखिएपछि त्रिशुली पारी नयाँ सडक बनाउनेबारे सम्भाव्यता अध्ययन गरिने बताईएको छ । जसको लागि सम्भाव्यता अध्ययनको काम छिट्टै हुने भनिएको छ । दुई लेन सडक थप गर्न प्रतिकिलोमिटर १५ देखि २० करोड रुपैयाँ लाग्ने अनु्मान गरिएको छ ।  

यदी नारायणघाटदेखि काठमाडौंसम्मको १ सय १० किलोमिटर सडक चार लेनका रूपमा विकसित हुने हो भने अति व्यस्त यो सडक निकै सहज हुनेछन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!