आजदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो (मूल्य सहित)

Posted on: 18 May, 2019

जेठ ४, काठमाडौँ | नेपाल आयल निगमले आजदेखि कायम हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । पेट्रोलको साविक मूल्यमा प्रतिलिटर रु दुई र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइ समायोजन गरिएको आयल निगमले जनाएको छ । 

हवाई इन्धन र एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत् रहेको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । नयाँ मूल्यअनुसार काठमाडौँको खुद्रा बिक्री मूल्य पेट्रोलमा प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलमा ९७ रुपैयाँ कायम भएको छ । इण्डियन आयल कर्पोरेशनबाट बिहीबार मूल्य घटेर आएकाले मूल्य विश्लेषण गरी समायोजन गरिएको उहाँले बताउनुभयो । 

समायोजनपश्चात् भारतको रक्सौलभन्दा नेपालको वीरगञ्जतर्फको सीमा मूल्यमा पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ६७ पैसा र डिजेलमा १६ रुपैयाँ ६४ पैसा सस्तो भएको छ ।

रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!