महालक्ष्मी लाइफ इन्स्यारेन्सद्वारा आर्थिक पत्रकारलाई तालिम प्रदान

Posted on: 20 May, 2019

जेठ ६, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनीले आर्थिक विटमा सक्रिय पत्रकारहरूलाई जीवन बीमा बिषयक तालिम दिएको  छ ।  नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको सहकार्यमा कम्पनीले सोमवार एक दिने तालिम प्रदान गरेको हो ।


बीमा बिषयमा कलम चलाउने आर्थिक पत्रकारहरूको क्षमता अभिवृद्धि गराउने उदेश्यले तालिमको आयोजना गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बताए । बीमा क्षेत्रका समाचार संकलन गर्दा सावधानी अपनाएर लेख्न जरुरी छ भट्टराईले भने "सामान्य शब्द चयनमा ख्याल गरिएन भने पाठकमा नकारात्मक असर पर्नपर्छ, तसर्थ बीमा भित्रका टेक्नीकल बिषयहरू बारे पत्रकार जानकार हुन जरुरी छ ।"

नाफिजले सहकार्यलाई निरन्तरता दिएमा आर्थिक पत्रकारको क्षमता अभिवृद्धि गर्न मासिक रुपमा नै तालिमको आयोजना गरि सहयोग गर्न तयार रहेको उनले बताए  ।

नाफिजका अध्यक्ष सिताराम भट्टराईले आर्थिक पत्रकारको क्षमता अभिवृद्धि गर्नु नै संघको प्रमुख उद्देश्य रहेको बताए ।  कम्पनीका डेपुटी सीईओ रामेश्वर श्रेष्ठले जीवन बीमाका आधारभूत तथा प्राविधिक बिषयमा पत्रकारहरुलाई तालिम दिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!