कर्मचारीहरुको तलब ह्वात्तै बढ्यो

Posted on: 29 May, 2019

जेठ १५, काठमाडौँ | आगामी आर्थिक बर्षदेखि लागु हुने गरि कर्मचारीको तलब २० प्रतिशतसम्मले वृद्धि भएको छ | 

सरकारले राजपत्र अनंकित कर्मचारीलाई २० प्रतिशत र राजपत्र अंकित कर्मचारीका लागि १८ प्रतिशत तलब बृद्धि गरेको हो | यस अघि कायम रहेको महंगी भत्ता,पोशाक भत्ता र सवाधिक बिमाको रकम यथावत कायम गरिएको छ  | 

यसबाट निजामति कर्मचारी, सेना, प्रहरी, शिक्षकलगायत सरकारी सेवामा रहेकाहरु लाभान्वित हुनेछन्।

 हरेक दुई वर्षमा सरकारी कर्मचारीकोपारिश्रमिक पुनरावलोकन गर्ने मापदण्ड छ ।

लाइभ हेर्नुहोस् बजेट भाषण 


यस बिषयमा तपाइको प्रतिक्रिया...!