प्रत्येक प्रदेशमा कम्तीमा एक औद्योगिक क्षेत्र

Posted on: 29 May, 2019

जेठ १५, काठमाडौँ (रासस) | सरकारले हालसम्म औद्योगिक क्षेत्र सञ्चालन नभएका प्रदेशमा कम्तीमा एक औद्योगिक क्षेत्र सञ्चालनलाई प्राथमिकता दिएको छ । 

सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आव २०७६÷०७७ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले झापाको दमक, रुपन्देहीको मोतिपुर, मकवानपुरको मयूरधाप, चितवनको शक्तिखोर, बाँकेको नौवस्ता, सुर्खेतको चौरासे र कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइने बताउनुभयो । 

लगानी प्रोत्साहित गर्न निर्माणाधीन विशेष आर्थिक क्षेत्रमा आधारभूत पूर्वाधार सुनिश्चित गरिने बजेटमा उल्लेख गरिएको छ । बजेटले अत्यावश्यक वस्तुको उत्पादन गर्ने उद्योगको स्थापना र क्षमता विस्तारमा प्रोत्साहित गर्ने नीति लिएको छ । उदयपुर सिमेन्ट उद्योग र हेटौँडा सिमेन्ट कारखानाको क्षमता विस्तार गरिने बजेटमा उल्लेख गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!