‘बजेट महत्वाकांक्षी’

Posted on: 30 May, 2019

जेठ १६, मार्तडी । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार सङ्घीय संसद्मा अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको बजेट महत्वाकांक्षी भएकाले यसको कार्यान्वयनमा चुनौती देखिने बताउनुभएको छ ।  

“बजेट वितरणमुखी भएकाले कार्यान्वयनमा समस्या हुन्छ । जनतालाई तत्काल खुशी पार्ने बजेटमा देशको अर्थतन्त्रलाई धान्ने खालको महत्वपूर्ण योजना समेटिएका छैनन्”, आज मार्तडीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले भन्नुभयो । 

देशको अर्थतन्त्रलाई मजबुत बनाउने योजना बजेटमा नसमेटिएकाले राष्ट्रको समृद्धिको यात्रालाई टेवा नपुग्ने उहाँको भनाइ थियो । देशमा शान्ति, स्थिरता, स्थायित्व र समृद्ध विकासमा सरकार असफल बनेको वरिष्ठ नेता पौडेलले आरोप लगाउनुभयो । 

देश सञ्चालन गर्ने जति सरकार आए पनि सजिलो अवस्था नपाएर समस्यै समस्यामा अगाडि बढ्दै गएको र अहिलेको सरकार चलाउन अनुकूल वातावरण बन्दा पनि त्यो कार्यान्वयन गर्न नसकेको वरिष्ठ नेता पौडेलको टिप्पणी थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!