ग्लोबल आइएमई बैंक र राष्ट्रिय बीमा संस्थान बीच बीमा सेवा सम्झौता

Posted on: 31 May, 2019

जेठ १७, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थान बीच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । यससंगै बैंकले संस्थानको संस्थागत अभिकर्ताको रुपमा ग्राहकलाई जीवन बीमा सम्बन्धी सेवाहरु प्रदान गर्नेछ । सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंकका १ सय ३७ वटै शाखाहरु मार्फत राष्ट्रिय बीमा संस्थानको जीवन बीमा योजनाहरु खरिद तथा जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ  । 


उक्त सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र राष्ट्रिय बीमा संस्थानको तर्फबाट प्रशासक कवि प्रसाद पाठकले हस्ताक्षर गरेका छन् ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आएको छ । बैंकले १३७ वटा शाखा, २६ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४५ एटिएम, १४१शाखारहित बैकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्पत आफ्ना १० लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!