संघले छुट्यायो प्रदेश र स्थानीय तहलाई बजेट, कुन तहलाई कति ? (सूचीसहित)

Posted on: 03 Jun, 2019

जेठ २०, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि स्थानीय तहलाई समपुरक र विषेश बाहेक २ खर्ब १३ अर्ब बजेट विनियोजन गरेको छ ।

७५३ स्थानीय तहले ८९ अर्ब ९५ करोड वित्तीय समानीकरण अनुदान पाएका छन् भने १ खर्ब २३ अर्ब सशर्त अनुदान छुट्टयाएको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघले प्रदेश र स्थानीय तहलाई बजेट छुट्टयाएको हो ।


सरकारले ६ महानगरपाालिकाको लागि ७ अर्ब ७५ करोड रुपैयाँ बजेट छुट्टयाएको छ। त्यस्तै ११ उपमहानगरपालिकाले ७ अर्ब ९९ करोड रुपैयाँ पाउने छन्  । २७६ नगरपालिकाले ९५ अर्ब २८ करोड र ४६० गाउँपालिकाले १ खर्ब २ अर्ब रुपैयाँ बजेट पाउने छन् ।

कुन स्थानीय तहलाई कति बजेट (सूची हेर्नुस्)

यस बिषयमा तपाइको प्रतिक्रिया...!