सांग्रिला डेभलपमेन्ट बैंकद्वारा काउण्टर सुविधाहरु थप

Posted on: 04 Jun, 2019

जेठ २१, काठमाडौँ  । सांग्रिला डेभलपमेन्ट बैंकले संध्याकालिन काउण्टर तथा होलीडे काउन्टरको सुविधाहरु थप गरेको छ ।देशभरका विभिन्न शाखा कार्यालयहरुमा जेठ १५ गते देखि संध्याकालिन काउण्टर तथा जेठ १८ गते देखि होलीडे काउन्टरको सुविधाहरु थप गरिएको बैंकले जनाएको छ । 

८५ ओटा शाखा कार्यालयहरु तथा २४ वटा ए.टी.एम.हरुबाट ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले थप १३ ओटा शाखा कार्यलयबाट संध्याकालिन काउण्टर तथा होलीडे काउण्टरहरु संचालनमा ल्याएको हो । थप गरिएका संध्याकालिन तथा होलीडे काउण्टरहरु मध्ये काठमाण्डौ उपत्यका भित्र ४ ओटा शाखाहरु रहेका छन् । थप गरिएका संध्याकालीन तथा होलीडे काउन्टर सहित देशभरमा जम्मा १७ ओटा शाखाहरुबाट संध्यकालीन काउण्टर तथा जम्मा २१ ओटा शाखाहरुबाट होलिडे काउण्टर संचालन गरि ग्राहकवर्गलाई बैंकिङ सेवा प्रदान गरिएको बैंकले जनाएको छ । 

सार्वजनिक विदाको समयमा पनि बैंकले सेवा प्रदान गर्न शुरु गरिएको यस विकास बैंकको होलिडे काउण्टर सेवा अन्तर्गत काठमाण्डौ तथा पोखरा उपत्यका एवं बाँके र कैलाली क्षेत्रमा विभिन्न शाखाहरुबाट जेठ १८ बिहान १० बजे देखि ३ बजे सम्म ग्राहकवर्गको निम्ति बैंकिङ सेवा खुल्ला रहेको बैंकले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!