सिरहामा निर्णय विपरित उपभोक्ता सचिवले झाको घर भत्काईयो

Posted on: 05 Jun, 2019

महेश सिंह महतो | जेठ २२, सिरहा | सिरहाको सखुवानन्कारकट्टी ४ मा सडक मर्मत सभार उपभोक्ता समितिका सचिव शैलेन्द्र यादवले आफ्नै छिमेकीको घर जर्बजस्ती भत्काए दिएका छन् ।

सडकलाई १८ फिट चौडाई गर्ने वहानामा  सचिव यादवले जगन्नाथ झाको निर्माण हुन लागेको घरको जँग र पिलर जिसिबी चलाएर भत्काए दिएका छन् ।  उपभोक्ता समितिका अध्यक्ष आशाराम यादवका अनुसार स्थानीय र उपभोक्ता समिति मिलेर कसैको घर नभत्काउँने भनेर निर्णय गरेको हो । तर, हाम्रै सचिव निर्णय विपरित उनको घरको जँग र पिलर भत्काएको हो । हामी आन्तरिक छलफल गरेर समस्या समाधान गर्ने बताए । जगन्नाथ घरमा नभएको बेला सचिव यादवले उनको घर परिवारलाई गालीगलौज गर्दै घर भत्काएको छ । 

सचिव यादवको जग्गा झाको ठीक अगाडिपट्टि रहेको र तीन महिना पहिले सचिव यादवको ट्रायक्टरले झाको घरको एउटा पिलर भत्काएका थियो । त्यो पिलर बनाउँन सचिव यादवलाई पटक पटक ताकेता गर्दा यादवले टेरपुच्छर नगर्दै आएको थियो । सोही निहुँ खोज्दै सचिव यादवले उनको घर भत्काएको पीडित झाको दावी छ । घटना जेठ १६ गते भएपनि  पीडित झाले आफु न्याय पाउँनको लागि ईलाका प्रहरी कार्यालयमा उजुरी निवेदन दिन जाँदा हालसम्म दर्ता नगरिएको पीडित झाले बताए । 

घर भत्काउँदा अर्थात बाटो फराकिलो गर्दा पूर्व सूचना दिनुपर्ने हो । त्यो सूचना समेत नदिई घर भत्काएको हो । व्यक्तिगत रिसिवीको कारण मेरो घर भत्काएको पीडित झाको दावी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!